ङादी ग्रुप पावरको लिलामी सेयर बाँडफाँट

लोकपथ
28
Shares

काठमाडौं । ङादी ग्रुप पावरको लिलामीमा बिक्री गरेको लिलामी सेयर बाँटफाँड भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको १२ लाख ५७ हजार २ सय ९० कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । सोही लिलामी सेयर बाँटफाँड गरिएको हो ।

जसमा न्यूनतम १ सय ६१ रुपैयाँ (कट आफ प्राइस) कबोल गरेर बोलपत्र पेस गर्ने आवेदकले सेयर पाएका छन् । यसको बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको हो ।

यसअघि कम्पनीले गएको १८ साउनदेखि ७ भदौसम्म १ सय ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले एक करोड ६ लाख तीन हजार ९ सय ८६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ९३ लाख ४६ हजार ६ सय ९६ कित्ताका लागि मात्र आवेदन परेको थियो । त्यस समयभित्र आवश्यकताअनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर अहिले लिलामीमा ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?