साताको अन्तिम दिन सेयर बजारमा सामान्य सुधार

लोकपथ
28
Shares

काठमाडौं । बुधवार (हिजो) दोहोरो अंकले बढेको सेयर बजारको आज अन्तिम दिन बिहिबार पनि सामान्य अंकले बढेको छ ।

नेप्स परिसुचक ४ दशमलव १५ अंकले बढेर १ हजार ८ सय ७० दशमलव ६४ बिन्दुमा पुगेको हो ।

नेप्सेसँगै आज कारोबार रकममा पनि सामान्य सुधार आएको छ । आज २ सय २२ वटा कम्पनीको २६ लाख ९८ हजार ३ सय ४७ कित्ता सेयर कारोबार भएको छ । उता, सेन्सेटिभ तर्फ शून्य दशमलव ९५ अंकले बढेको बजार ३ सय ६७ दशमलव १५ मा पुगेर रोकिएको छ ।

सेयर मार्केट शून्य दशमलव २२ प्रतिशतले बढ्दा सेन्सेटिभ शून्य दशमलव २६ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आज कुल ८२ करोड ९६ लाख ४६ हजार ९ सय २० रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबैभन्दा बढी नबिल बैंकको सेयर कारोबार भएको छ भने सबैभन्दा कम सीएमएफ २ को कारोबार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?