मुख्यमन्त्री पाण्डे समक्ष चार कानुनी मस्यौदा हस्तान्तरण

लोकपथ
14
Shares

काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे समक्ष बाग्मती प्रदेश नीति तथा योजना आयोगले तयार पारेको विभिन्न चार वटा कानुनी मस्यौदा हस्तान्तरण गरिएको छ ।

उक्त मस्यौदा आयोगका उपाध्यक्ष डाक्टर कृष्णराज पन्तले मुख्यमन्त्रीको कार्यालयमा हस्तान्तरण गरेका हुा् । मस्यौदामा प्रदेश नीति तथा योजना आयोग ऐन २०७९, प्रदेश व्यवस्थापन ऐन २०७९, प्रदेश आयोजना बैंक दिग्दर्शन ऐन २०७९ तथा संङ्गठनात्मक संरचना र जनशक्ति सम्बन्धी ऐन २०७९ रहेका छन् ।

मस्यौदा गत भदौ ५ र ६ गते गण्डकी प्रदेशको नीति तथा योजना आयोगको आयोजनामा पोखरामा सम्पन्न सातै प्रदेशको योजना आयोगको बैठकद्वारा पारित गरी तयार गरिएको थियो । मस्यौदा हस्तान्तरण कार्यक्रममा बाग्मती प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव तथा अन्य सचिवको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?