पोखरा प्रिमियर लिगको पुरस्कार राशीमा वृद्धी, दुई लाख रुपैयाँ बढाइयो

काठमाडौं । यहि शुक्रवारदेखि शुरु लागेको पोखरा प्रिमियर लिग ‘पिपिएल’ क्रिकेटको पुरस्कार राशीमा वृद्धी भएको छ । 

पुरस्कार राशीमा २ लाख रुपैयाँ थप गर्दै २७ लाख पु¥याएको छ । यसअघिको संस्करणका विजेतालाई २५ लाख रुपैयाँ मात्र प्रदान गरिएको थियो । यो सँगै ‘पिपिएल’ क्रिकेट सबैभन्दा ठूलो पुरस्कार राशीको प्रतियोगिता बनेको छ । 

आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रा.लिले बुधबार पुरस्कार राशीमा वृद्धी गरिएको जानकारी दिएको हो । त्यस्तै प्रतियोगिताको उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । 

साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान र बलरले एक-एक थान मोटरसाइकल प्राप्त गर्नेछन् । हरेक खेलको ‘म्यान अफ द म्याच’ले १० हजार रुपैयाँ र ५ हजार बराबरको गिफ्ट ह्याम्पर पुरस्कार पाउनेछन् । 

खेलको विजेता टोलीले १५ हजार ५ सय रुपैयाँ नगद बोनस पाउने आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक छुम्बी लामाले लोकपथलाई बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?