काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई सेयर कारोबार प्रकृयामा थप सहजता र सरलता प्रदान गर्न थ्री इन वान खाताको प्रणाली परिष्कृत गरेको छ । ग्राहकहरुको सुबिधालाई मध्यनजर गर्दै थ्री इन वान खाताको अनलाइन फारम भर्दा ग्राहकहरुले बैंक खाता, डिम्याट खाता र टे«डिङ खाताका साथै सि–आस्वा र मेरो सेयरको आवेदन पनि दिन सक्ने छन् ।
थ्री इन वान पोर्टलको ड्यास बोर्डमा बैंकले सहज र सरल प्रकृयाका लागि विभिन्न जानकारीहरु लिन मिल्ने व्यवस्था गरेको बताएको छ । यो खाता खोल्न ग्राहकहरुले घरमै बसी सानिमा बैंकको वेबसाइटमार्फत आवेदन दिन सक्ने छन् । खाता भइसकेका ग्राहकले समेत यसबाट सि–आस्वा तथा मेरो सेयरको सुबिधा लिन सक्ने छन् ।
सानिमा क्यापिटल र सानिमा बैंकले संयुक्त रुपमा सञ्चालनमा ल्याएको यस खातामा ग्राहकहरुले अनलाइनमार्फत दोस्रो बजारबाट सेयर खरिद र बिक्री गर्न सक्ने छन् ।
यो खाता खोल्नका लागि सानिमा बैंकका नयाँ तथा पुराना ग्राहकले बैंकको वेबसाइटबाट थ्री इन वान एकाउन्टमा क्लिक गरी आवश्यक विवरण भरी आवेदन दिनुपर्ने बैंकले जनाएको छ । आईपिओमार्फत सेयर खरिद गरेका ग्राहकहरु समेत केही प्रकृयाहरु पूरा गरी सानिमा थ्री इन वान खातामार्फत सजिलै सेयर बिक्री गर्न मिल्ने सुबिधा यस खातामा रहेको बैंकको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया