काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले इथियोपियामा हिंसा बन्द गर्न आग्रह गरेका छन् । उनले इथियोपियाको टिगरे क्षेत्रमा अहिले पनि हिंसा जारी रहेकाले हिंसा रोक्नुपर्ने र सो क्षेत्रमा इरिट्रयाका सेना रहेकाले ती सेना पनि फर्किनुपर्ने बताएका छन् ।
यहाँ हिंसा र ध्वंसले उग्र रुप लिइसकेको र यहाँ धनजनको ठूलो क्षति पनि भइरहेकोले अब हत्या हिंसा रोकेर यहाँका नागरिकका बीचमा शान्तिपूर्ण माध्यमबाट समस्याको समाधान खोज्नुपर्ने महासचिव गुटरेसले बताएका हुन् ।
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा सम्वाददाताहरुसँग उहाँले सो कुरा बताएका हुन् । उनले भनेका छन्– इथियोपियामा हिंसा बढी भयो । यहाँ हिंसा तथा विध्वंस गरेर कसैले पनि केही प्राप्त गर्न सक्दैनन् र यो बाटोबाट कसैको समस्या पनि समाधान हुदैन । अब हिंसा रोक्नुपर्छ र शान्तिपूर्ण माध्यमबाट अघि बढ्नुपर्छ ।
संयुक्त राष्ट्रसङ्घले शान्तिपूर्ण माध्यमबाट इथियोपियाको समस्याको समाधान खोजेको पनि महासचिव गुटरेसले बताएका थिए । उनले टिगरेको निकास सैनिक बलबाट नभएको र यसको राजनीतिक समाधान खोज्नुपर्छ भन्नेमा संयुक्त राष्ट्रसंघ रहेको पनि बताए ।
उनले इथियोपियाको हिंसा रोकेर त्यहाँको समस्याको शान्तिपूर्ण समाधानका लागि अफ्रिकी युनियनलाई आग्रह पनि गरे ।
उनले सम्वाददाताहरुसँगको कुराकानीका क्रममा भने– संयुक्त राष्ट्रसङ्घले अफ्रिकी युनियनलाई जे जस्तो आवश्यक पर्छ त्यो सहयोग गर्न तयार छ, यो समस्याको शान्तिपूर्ण तरिकाबाट वार्ता गरेर समाधान खोजोस् ।
त्यहाँ हिंसाका कारण कैयौँ मानिसको ज्यान गएको छ भने भौतिक सम्पत्तिमा पनि क्षति पुगेको छ । इथियोपियाको टिगरे क्षेत्रमा जारी रहेको हिंसाकाकारण अहिले पनि कम्तीमा १३ मिलियन नागरिकलाई मानवीय सहयताको खाँचो रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया