एएफसी यु–१९ छनोटमा नेपालले भारतको सामना गर्दै

काठमाडौं ।  एएफसी यु–१९ फुटबल च्याम्पियनसिप छनोटमा नेपालले शुक्रवार आफ्नो दोस्रो खेलमा भारतको सामना गर्दैछ । 

थाइल्याण्डको चोनबुरी रंगशालामा हुने खेल नेपाली समयानुसार दिउँसो २ः४५ बजे शुरु हुने अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले जनाएको छ । प्रतियोगितामा  अंक बिहीन नेपाललाई अघिल्लो चरण पुग्न शुक्रवारको खेलमा भारतलाई हराउनुपर्ने दबाब छ । 

नेपाल आफ्नो पहिलो खेल कात्तिक ७ गते थाइल्याण्डसँग ३–० गोल अन्तरले पराजित भएको थियो । भारतले भने पहिलो खेलमा पाकिस्तानलाई १८–० गोल अन्तरले हराएको थियो । 

कात्तिक ११ गतेसम्म सञ्चालन हुने छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारत, पाकिस्तान र थाइल्याण्ड छन् । प्रतियोगितामा एक÷एक खेल जितेको भारत र थाइल्याण्डसँग तीन÷तीन अंक छ । नेपाल र पाकिस्तान भने अंक बिहिन छ । 

नेपालले समूह चरणको अन्तिम खेल कात्तिक ११ गते पाकिस्तानसँग भिड्नेछ । पहिलो चरणको छनोटबाट शीर्ष दुई टोलीले दोस्रो चरणमा प्रवेश गर्नेछन् । नेपाली टोली कात्तिक ३ गते त्यसतर्फ गएको हो । 

पहिलो खेलमा पाकिस्तानविरुद्ध फराकिलो जित निकालेको भारत उच्च मनोबलका साथ मैदान उत्रदैछ भने पहिलो खेलमा पराजित नेपाल केही दबाबमा हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?