काठमाडौं । जारी एएफसी यू-१९ महिला छनोट फुटबल प्रतियोगिता अन्तर्गत नेपाल विजयी भएको छ ।
थाईल्याण्डको चोनबुरी रंगशालामा शुक्रबार भएको समूह ‘बी’को दोस्रो खेलमा नेपालले भारतलाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जीत निकालेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै टिम गोल रहित बराबरीमा रोकिएका थिए ।
दोस्रो हाफको १४ मिनेट पनि बित्न नपाउँदै नेपालका लागि रेखा पौडेले गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाइन् । त्यस्तै, ८८ औँ मिनेटमा उनले दोस्रो गोल गरिन् ।
निर्धारित समयसम्म भारतले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग गर्न भने सकेन र खेलमा २-० को हार बेर्होर्यो । जितपछि नेपालले महत्वपूृर्ण ३ अंक जोडेको छ । यो जितपछि नेपालले अघिल्लो चरणमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ ।
भारतको पनि समान ३ अंक नै छ । अब नेपालले यहि आइतवार समुह चरणको अन्तिम खेलमा पाकिस्तानसँग खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया