पीपीएल क्रिकेट :  बुटवलद्वारा चितवनलाई १३६ रनको चुनौती

पोखरा । पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको बुटवल ब्लास्टर्सले २० ओभरमा ५ विकेट गुमाउँदै १३६ रनको बनाएको छ । 

पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट अन्तर्गत शनिबार बिहानको खेलमा बुटवल ब्लास्टर्सले चितवन राइनोजलाई १३६ रनको विजय लक्ष्य दिएको हो ।

विदेशी खेलाडी चिराग सुरीले १ रन बनाए भने रोहन मुस्तफाले खाता नै खोल्न सकेनन् । भिम सार्की २ रनमै आउट भए ।

चौथो विकेटका लागि सागर पुन र शंकर रानाले ६८ रनको साझेदारी गरे । सागर ४६ रनमा पेभेलियन फर्किए भने राना ४८ रनमा आउट भए ।

यसैगरी शंकर र सिद्धान्त लोहनीले पाँचौ विकेटका लागि ५० रनको साझेदारी गरेका थिए ।

अहिले चितवन राइनोजले जवाफी ब्याटिङ थालेको छ । 

चितवनको कप्तान पारस खड्का छन् भने बुटवलका कप्तान सोमपाल कामी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?