काठमाडौं । अभिनेता सलोन बस्नेतले मंसिर १२ गते आफू वैवाहिक बन्धनमा बाँधिने बताएका छन् । कार्तिक ६ गते लिक्विड तिहार हंगामा लाइभ म्युजिक हुने बारे जानकारी दिन आयोजना गरिएको कार्यक्रममा एयर होस्टेस करिष्मा केसीसँग आगामी मंसिर १२ गते विवाह गर्न लागेको जानकारी दिएका हुन् । उनले आफ्नो ४ वर्ष लामो प्रेमलाई उनीहरुले विवाहमा परिणत गर्न लागेका बताए ।
सलोनले आफ्नो प्रेम यात्रा रुम नम्बर १ सय ८ को गीतका लागि मोडल खोज्ने क्रममा भएको र त्यसपछि आफ्नो प्रेमको बारेमा फोनबाट प्रपोज गरेको बताए ।
त्यस्तै, गायक कलाकार आमेष भण्डारीले पहिलो पटक काठमाडौंमा सलोन र आफूले म्युजिक लाइभ गर्न लागेको बताउँदै सबै आएर हेर्न आग्रह गरे । अभिनेता शोभित बस्नेतले सलोनको आफूभन्दा पुरानो मान्छे कोही नभएपनि अहिले प्रेमिकाको नामको ट्याटु हानेको बताए ।
कात्तिक ६ गते आयोजना हुने कार्यक्रममा आमेष भण्डारी र सलोन बस्नेतले गीत गाउने भएका छन् । लिक्विड तिहार हंगामा लाइभ म्युजिक दरबारमार्गमा राति ९ देखि १२ बजेसम्म दुवै गायकले आफ्नो प्रस्तुती दिनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया