काठमाडौं । बेलायती प्रधानमन्त्री लिज ट्रसलाई कन्जरभेटिभ पार्टीको नेताको रूपमा प्रतिस्थापन गर्ने निर्वाचन अक्टोबर २८ सम्ममा हुने बताइएको छ ।
‘अक्टोबर २८ गते शुक्रबारसम्ममा मतपत्र सञ्चालन तयारी र नेतृत्वको निर्वाचन सम्पन्न हुनेछ। त्यसैले हामीले ३१ अक्टोबरमा हुने वित्तीय विवरण अघि नै नयाँ नेता बनाउनुपर्छ,’ अध्यक्ष ग्राहम ब्राडीले बताएका छन् ।
बेलायती प्रधानमन्त्री लिज ट्रसले दुई महिनामै प्रधानमन्त्री पदबाट राजीनामा दिएकी छन् । आफूले गर्नुपर्ने जिम्मेवारी पूरा गर्न नसकेको बताउँदै ट्रुसले राजीनामा दिएकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया