काठमाडौं । गत महिना महसा अमिनीको मृत्युपछि इरानमा भएको राष्ट्रव्यापी विरोध प्रदर्शनलाई समर्थन गर्न इरानी मूलका हजारौँ मानिसहरूले शनिबार वाशिंगटनमा जुलुस निकालेका थिए ।
जब उनीहरू नेशनल मलबाट हिँड्दै गर्दा उनीहरूले “महिला, जीवन, स्वतन्त्रता“ र “इरानका लागि न्याय“ जस्ता नारा लगाएका थिए । हिजाब नियम उल्लंघन गरेको अभियोगमा गत महिना इरानमा हिरासतमा राखिएकी युवती महसा अमिनीको मृत्युपछि त्यसको विरोधमा देशव्यापी प्रदर्शन भएको छ । इरानी महिलाको प्रदर्शनप्रति ऐक्यबद्धता जनाउँदै विश्वभर प्रदर्शन भएका छन् । त्यसैको अंशका रुपमा इरानी मूलका अमेरिकीले पनि प्रदर्शन गरेका हुन् ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया