कर्नाटकमा सनी लियोनीको फिल्मको विरोध चर्कियो, प्रदर्शनकारीले हात काटे

मुम्बई – भारतको कनार्टकमा सनी लियोनीको विरोध झन् बढी हुन थालको छ । कर्नाटक रक्षण वैदिक संगठन र एक अन्य हिन्दू संगठनले पहिलेदेखि नै विरोध गरिरहेका छन् ।

अहिले उक्त राज्यमा विरोध झन् बढेको हो ।

फिल्मको विरोधमा कैयन् प्रदर्शनकारीले आफ्नो हातसमेत काटेका छन् । साथै आफ्ना माग पूरा नभए फिल्म ‘पद्मावत्’ को विरुद्ध भएको करणी सेनाको विरोधजस्तो अभियान नै चलाउने चेतावनी समेत दिएका छन् ।

यो संगठनले सनी लियोनीको अब आउँदै गरेको फिल्म ‘वीरमदेवी’ मा लियोनीको भूमिकाको विरोध गरिरहेको छ । उनीहरुका अनुसार सनी लियोनीले वीरंगनाको भूमिका निभाउनु आपत्तिजनक हो ।

किनकि, उनी एडल्ट स्टार भइसकेकी छिन् । सनीले ऐतिहासिक महत्त्वको उक्त भूमिकामा काम गर्दा क्षति पुग्ने समेत दाबी प्रदर्शनकारीले गरेका छन् । साथै उनीहरुले सनीको कार्यक्रमको समेत विरोध गर्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?