काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरणअनुसार बैंकको खुद नाफा १९ दशमलव ६५ प्रतिशत ले घटेर ४५ करोड ११ लाख रुपैयाँमा झरेको छ ।
गतवर्षको यसैअवधिमा यसले ५६ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा भने ५ दशमलव ८८ प्रतिशत ले बढेर १ अर्ब ५४ करोड रुपैयाँ भएको छ । गतवर्ष यसको वितरणयोग्य मुनाफा १ अर्ब ४५ करोड रुपैयाँ रहेको थियो ।
असोज मसान्तसम्म आइपुग्दा खुद ब्याज आम्दानी १५ दशमलव ८९ प्रतिशतले बढेको छ भने सञ्चालन नाफामा २० दशमलव ०१ प्रतिशतले ह्रास आएको छ । बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३१ पैसाले घटेर १७ रुपैयाँ ५९ पैसामा झरेको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ९ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ९ पैसा रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया