महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म वि. सं. १९६६ साल कार्तिक २७ गते ’लक्ष्मीपुजा’को दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो ।
देवकोटा नेपाली साहित्यका महाकवि हुन् । देवकोटा नेपाली साहित्यका कविता, आख्यान, नाटक र निबन्ध गरि साहित्यका चारवटै विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए ।
उनले कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च मानिन्छ । उनले मुनामदन, सुलोचना, शाकुन्तल महाकाव्य जस्ता अद्वितिय कृतिहरू लेखेका छन् । विशेष गरी देवकोटाको मुनामदन लोकप्रिय भएको थियो ।
१. मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।
२. कुनैपनि मानिसको सबै आत्मा बुझाउन सक्ने विद्या अहिलेसम्म निस्केको छैन ।
३. सत्यका लागि त्याग गर्न जसले सक्दैन त्यो कदापी वीर हुन सक्दैन ।
४. खराब चिजबाट पनि असल कुरा लिन सक्नु महानता हो ।
५. चुलीलाई ताक्नु, तिर्सना राख्नु र उचाईतिर लम्कनु नै पर्वतारोही हो ।
६. दर्शन भय हो भने कविता सत्य हो ।
७. घर चिन्न घर छाडौँ तर, घर नबिर्सौँ ।
८. जीवन एक पांग्रा हो, ठीक ठाउँमा नचले बेठीक ठाउँमा चल्ने पक्का छ ।
९. मेरो दिलमा गहिरो घाउ छ, अब न त्यसको उपचार गर्ने कुनै डाक्टर छन् न मेरो कुनै भाउ छ।
१०. शहर र गाउँमा जम्मा दुईटा कुरा फरक छन्, शहरमा घरहरु नजिक हुन्छन् मन टाढा हुन्छ, गाउँमा घर टाढा हुन्छ तर मन नजिक हुन्छ ।
११. सुन भनेको हातको मैलो हो, आनन्द त त्यसमा छ जहाँ साग र सिस्नुखाँदा मिल्छ ।
१२. संसार अँध्यारो समान हो ।
१३. जीवन भनेको खाक समान छ त्यसैले यसमा घमण्ड नगर ।
१४. मृत्यु जहिल्यै तिम्रो अगाडि हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया