१. आज तिहारको चौथो दिन गाईको पूजा गरेर गाई तिहार मनाइयो, साउन शुक्ल पूर्णिमाको दिन लगाएको डोरोलाई आज गाइको पुच्छरमा बाँधेमा मृत्युपछि स्वर्ग जाने जनविश्वास ।
२. निर्वाचन आयोगले तोकेको आचारसंहिताको बेवास्ता गर्दै केन्द्रदेखि प्रदेशका मन्त्रीले हेलिकोप्टर चढेर चुनाव प्रचारप्रसार गर्दै, निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सातै प्रदेशका मुख्यमन्त्रीलाई आयोगको निर्देशन ।
३. आगामी निर्वाचनका लागि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ३३ जिल्लाको ९६ लाख ७४ हजार र प्रदेशको १ करोड ८७ लाख ५० हजार मतपत्र छपाइको काम सकियो, समानुपातिक तर्फ भने मनाङ, मुस्ताङसहित ९ जिल्लाको मतपत्र ढुवानी गर्न बाँकी ।
४. आगामी निर्वाचनका लागि नेकपा एमालेले तय ग¥यो वृहत् चुनावी सभाका कार्यक्रम, पहिलो चुनावी सभा दार्चुलामा गर्ने, भूमि रक्षालाई मुख्य मुद्दा बनाउँदै चुच्चे नक्सासहित अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने ।
५. सरकारले ल्याएको नीतिका कारण लागत बढ्दै गएपछि रुपन्देहीमा सञ्चालित ५ स्टिल उद्योग बन्द, कच्चा पदार्थको अन्तःशुल्क घटाएर उद्योग बचाउनुपर्ने व्यवसायीको माग, २ हजार बढी मजदुरको रोजगारी गुम्ने खतरा ।
६. सोमवार साँझ लक्ष्मीपूजामा सावधानी नअपनाउँदा देशका विभिन्न स्थानमा आगलागीका घटना घटे, धेरै जसो पसल तथा फर्निचरमा विद्युत् सट भएर आगलागी, तिहारको समयमा झिलिमिली बत्ती बाल्दा सावधानी अपनाउन आग्रह ।
७. तिहार र छठ पर्वमा सरकारी बिदा हुने भए पनि सर्वोच्च अदालत भने खुला रहने, भाइटिकाको दिन र शनिवार बाहेक कार्तिक १३ गतेसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म कामकारबाही हुने, बन्दी प्रत्यक्षीकरणको मुद्दा सुनुवाइका लागि अदालत खुला रहने प्रवक्ता विमल पौडेलको भनाइ ।
८. दीपावली, छठ र नेपाल संवतको अवसरमा काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थामा कडाइ, राति १० बजेपछि देउसी भैलो खेल्न नपाइने, प्रचलित कानुनको पालना गरी उल्लासपूर्ण रूपमा चाडपर्व मनाउन प्रशासनको आग्रह ।
९. आगामी निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले सार्वजनिक ग¥यो घोषणापत्र, नेपालको सम्पत्ति र पुँजीलाई विदेशमा लान नपाउनेदेखि शिक्षा क्षेत्रको बजेट बढाउने योजना, नयाँ पुस्ता विशेष प्राथमिकतामा ।
१०. पछिल्ला दिनहरूमा कोरोना सङ्क्रमितको सङ्ख्यामा कमी, २४ घण्टामा ८ सय ८८ जनाको परीक्षण गर्दा १६ जनामा सङ्क्रमण पुष्टि, सक्रिय सङ्क्रमितको सङ्ख्या ६ सय ६२ ।
११. चालू आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैङ्कहरूको नाफामा वृद्धि, बैङ्कको नाफा बढे पनि ब्याजदर वृद्धि भएको व्यवसायीहरूको गुनासो, नोक्सानी व्यवस्थापनमा राष्ट्र बैङ्कको कडाइ ।
१२. बुर्किनाफासोको राष्ट्रिय सैनिक शिविरमा आतङ्कवादी समूहले ग¥यो हमला, १० सैनिक र १८ आतंकवादीसहित २८ जनाको मृत्यु, हमलामा ५० सैनिकसहित अन्य समेत घाइते भएको तथ्याङ्क ।
१३. पाकिस्तानका बालबालिकाहरूमा पोलियो रोग बढ्न थालेपछि सोमबारबाट देशभर पोलियो खोप खुवाउन सुरु, १०औँ लाख बालबालिकामा खोप पु¥याउने सरकारको तयारी, सहयोग गर्न अभिभावकसँग आग्रह ।
१४. प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशले ग¥यो राजु रिजालको कप्तानीमा १४ सदस्यीय टोली घोषणा, प्रतियोगिता कात्तिक १३ गतेदेखि काठमाडौँमा हुने ।
१५. र, इंग्ल्यान्डको राष्ट्रिय टोली तथा म्यानचेस्टर युनाइटेडका पूर्व मिडफिल्डर माइकल क्यारिक पहिलो पटक मुख्य प्रशिक्षकमा नियुक्त, दोस्रो श्रेणीको क्लब मिडल्स ब्रोको प्रशिक्षण सम्हाल्ने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया