काठमाडौं । बेलायतको नयाँ प्रधानमन्त्रीमा ऋषि सुनक नियुक्त भएका छन् । मंगलबार बेलायतका राजा चार्ल्स तृतीयले सुनकलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रधानमन्त्रीमा नियुक्त हुनुअघि सुनकलाई सरकार गठनका लागि बेलायती राजा चार्ल्स तृतीयले आमन्त्रण गरेका थिए । पूर्वमन्त्री पेनी मोर्डन्टले प्रधानमन्त्री पदमा प्रतिस्पर्धा नगरेपछि ४२ वर्षीय सुनक निर्वाचित भएका हुन् ।
प्रधानमन्त्री नियुक्त भएपछि सुनकले आफू हरेक तहमा इमान्दारिता, व्यावसायिकता र जवाफदेहिता हुने बताए । बेलायतकी प्रधानमन्त्री लिज ट्रसले ४५ दिनमै राजीनामा दिएपछि प्रतिस्पर्धामा रहेका सुनकलाई नेतृत्वमा आएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया