काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा प्रभु बैंकको नाफा १० दशमलव ७९ प्रतिशतले बढेर ७० करोड ५० लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा यसले ६३ करोड ६३ लाख २१ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिसम्म सञ्चालन नाफा १५ दशमलव ४४ प्रतिशतले बढेर १ अर्ब १८ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।
गतवर्ष सो नाफा ८८ करोड २५ लाख रुपैयाँ रहेको थियो । खुद ब्याज आम्दानी पनि ३८ दशमलव ७१ प्रतिशतले बढेर १ अर्ब ९७ करोड २९ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको वृद्धिले खुद नाफा बढ्न सहयोग गरेको हो । बैंकको वितरणयोग्य नाफा ३० करोड ९३ लाख रुपैयाँ रहेको छ ।
यसको जगेडा कोषमा ६ अर्ब १ करोड ८१ लाख रुपैयाँ जम्मा भएको छ । चुक्ता पुँजी १२ अर्ब ७० करोड ८७ लाख रुपैयाँ रहेको प्रभुको असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २४ पैसाले घटेर २२ रुपैयाँ १९ पैसा कायम भएको छ । गत वर्षको पहिलो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ४३ पैसा रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ २२ पैसा छ । प्रभुले सेन्चुरी बैंकलाई गाभ्ने सम्झौता गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया