शंखधर साख्वाको नाममा हरेक वर्ष तीन जनाले पुरस्कार पाउने

लोकपथ
28
Shares

काठमाडौं । सरकारले शंखधर साख्वाको नाममा हरेक वर्ष तीन जनालाई पुरस्कृत गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बताएका छन् । शंखधर साख्वाको योगदानलाई चीर बनाउनेहरुलाई कदरस्वरुप हरेक वर्ष तीन जना व्यक्तित्वहरुलाई एक लाख रुपैयाँका दरले पुरस्कृत गर्ने गरि सरकारले तयारी गरिरहेको मन्त्री श्रेष्ठले बताएका हुन् ।

बुधवार भक्तपुरमा आयोजित नेपाल सम्वत ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवम् राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले शंखधर साख्वाको काम उजागर गर्ने कार्यमा सहयोग पु¥याउने व्यक्तिहरुलाई शंखधर साख्वाको नाममा सरकारको तर्फबाट तीन जनालाई हरेक वर्ष एक लाखको दरमा पुरस्कृत गर्ने कार्यक्रम सरकारले छलफल गरीरहेको बताए ।

उनले साख्वाको योगदानलाई जनस्तरमा बुझाउन सके दुःखमा परेका मानवलाई सेवा गर्न प्रेरित हुने बताए । मन्त्री श्रेष्ठले नेपाल संवतलाई व्यवहारमा उतार्न सक्नुपर्ने पनि बताएका हुन् ।

मन्त्री श्रेष्ठले उपत्यकाको पर्यटन विकास संस्कृति र सम्पदाको विकास गरेर नै सम्भव रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?