लोकपथ टप फिप्टिन : हेर्नुहोस् देश विदेशका मुख्य समाचार (भिडियोसहित)

लोकपथ
14
Shares

१. आज तिहारको अन्तिम दिन भाइटीका । दिदीबहिनीले दाजुभाईको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाएसँगै सकियो तिहार, दीपावली पर्वमा महोत्तरीसहित मिथिला क्षेत्रमा ‘भैयादुज’ पर्व पनि मनाइयो ।

२. काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि दिदीबहिनी नहुनेहरुले लगाए भाइटीका, वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने मन्दिरमा टीका लगाउनेहरुको भिड ।

३. प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा मनाएनन् भाइटीका, देउवाले भातृशोकका कारण र भण्डारीले माइतीघरमा मरणाशौच परेकाले भाइटीका रोकियो ।

४. नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरूको हातबाट लगाए टीका र माला, भाइटीकाले दिदीबहिनीहरुसँग मिल्ने अवसर जुटाएको भन्दै चाडपर्वहरुको संरक्षण र सम्वद्र्धन गर्नुपर्नेमा जोड ।

५. आफू स्वेच्छाले निर्वाचनको प्रतिस्पर्धामा नहुँदा पनि तस्वीर राखेर अनर्गल प्रचार गरिएको भन्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईको आपत्ति, रूपान्तरणकारी राजनीतिको पैरवी गरिरहेको सामाजिक सञ्जालमा फोहर ओकल्नेहरूको हिसाब इतिहासले राख्ने भन्दै कडा प्रतिवाद ।

६. नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा जगन्नाथ यादवको ६५ वर्षको उमेरमा निधन, मधुमेहको समस्याले ग्रस्त यादवको महोत्तरीको लोहारपट्टी–१ बगडास्थित आफ्नै निवास निधन ।

७. तिहारमा झण्डै ७५ करोड बराबरको फलफूलको आयात, भियतनामबाट ड्रागन फ्रुट र इटलीबाट किबी भित्रिएको नेपाल फलफूल थोक व्यवसाय संघको भनाई ।

८. नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, २२ जना कोरोना संक्रमणबाट मुक्त हुँदा देशभर ६२२ जना सक्रिय संक्रमित ।

९. महोत्तरीको भंगहामा हिन्दू र मुस्लिम समुदायबीच झडप, हिन्दू सम्राट सेनाको शोभायात्रा मुस्लिम बस्तीमा पुग्दा ढुंगामुढा हुँदा दर्जनौँ घाइते ।

१०. सिरहाको कल्याणपुरमा नम्बर नखुलेको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा ३० वर्षीय छेदुवा गोइत र ४५ वर्षिय दुखिया साहको ज्यान गयो, धादिङको गल्छीमा बुधबार राति बसले मोटरसाइकललाई ठक्कर दिँदा थाँक्रे गाउँपालिका ११ का २६ वर्षीय सुनिल थापाले गुमाए ज्यान ।

११. संयुक्त राष्ट्रसंघले पश्चिम अफ्रिकी देश चाडमा रहेका शरणार्थीको सहयोगका लागि आग्रह, राजनीतिकलगायतका सङ्कटका कारण शरणार्थीहरुको अवस्था निकै सङ्कटपूर्ण रहेको भन्दै चिन्ता व्यक्त ।

१२. युक्रेनलाई निरन्तर सहयोग गर्न बेलायत प्रतिबद्ध रहेको बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकको भनाई, आउँदा दिनमा दुई देशबीचको सम्बन्ध तथा युक्रेनको पुननिर्माणमा सहयोग गर्न प्रतिबद्ध रहेको धारणा व्यक्त ।

१३. पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ आगामी कात्तिक १५ गते दुई दिने चीन भ्रमणमा जाँदै, दुई देशबीच आपसी चासो, रणनीतिक सहयोग एवम् साझेदारीको विषयमा समीक्षा गर्ने तयारी ।

१४. अष्ट्रेलियामा जारी आईसीसी टी–२० विश्वकपको सुपर १२ अन्तर्गतका खेलमा दक्षिण अफ्रिका र भारत विजयी, दक्षिण अफ्रिकाले बंगलादेश १ सय ४ रनले हराउँदा भारतले नेदरल्याडसविरुद्ध ५६ रनको जित हात पार्यो ।

१५.र, प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशले गर्यो १८ सदस्यीय टोली घोषणा, कप्तानको जिम्मेवारी विपिन खत्रीलाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?