मुम्बई । बलिउड अभिनेत्री अमृता सिंह र अभिनेता सैफ अली खानले सन् १९९१ मा विवाह गरे । आफ्नो विवाहले यो जोडी दंग थिए, किनकी विवाहकै लागि उनीहरूले कैयौं निर्णय लिएका थिए ।
उमेरले सैफ अमृताभन्दा १४ वर्ष कान्छा थिए । करियरको मामलामा पनि सैफ र अमृताको करियर आकाश पातालको फरक थियो । अमृता स्टारडममा रमाइरहँदा सैफ भने करियर बनाउन संघर्षरत थिए ।
सैफ कामको खोजीमा थिए र जुन काम पाउँथे, त्यसको खासै महत्व हुँदैन थियो । तर, भाग्यमा जे पाउनु थियो, त्यो पाए । अमृतासँगको विवाहपछि सैफले करियर त बनाए, तर अमृताले के पाइँन रु
अमृतासँग विवाह गरेपछि सैफको भाग्यको ढोका खुल्यो । उनको सुस्त करियर तिब्र रुपले चल्न थाल्यो । उनले काम पाउन थाले, दर्शकले मन पराउन थाले । एक समय यस्तो पनि आयो कि सैफको ‘चार्मिङ लुक्स’ देखेर युवतीहरु मोहित भए ।
तर अमृताले के पाइँन् रु सैफसँग विवाह हुँदा उनी बलिउडकी जल्दोबल्दो अभिनेत्री थिइन् । दर्शकहरु उनलाई मनपराउँथे । ठूला स्टारसँग काम गरेपछि पाएको सफलताले उनी उत्साहित थिइन् । तर, सैफसँगको विवाहपछि उनको करियरको उल्टो गिन्ती सुरु भयो ।
सैफसँग विवाह पछि २–३ वर्ष अमृता केही फिल्ममा मात्र देखिइन् । तर विस्तारै उनले फिल्म पाउन नै छाडिन् । घर परिवारको जिम्मेवारीमा परेपछि उनले फिल्मबाट दूरी बनाइन् ।
सैफको करियर चम्किइरहँदा अमृताको चमक भने फिका हुँदै गएको थियो । अन्ततः आमा बनेपछि अमृता सन् १९९५ देखि पूर्ण रुपमा फिल्मबाट टाढिइन् ।
जुन सम्बन्धका लागि अमृताले सबै छोडिन्, त्यो सम्बन्ध पनि लामो समय टिक्न सकेन । सैफ र अमृताको सम्बन्धमा आएको दरार पहिलाको जस्तो सन्तुलिन रहन सकेन । छोरा इब्राहिमको जन्मपछि दुवैको सम्बन्ध बिग्रियो र सन् २००४ मा दुवैले सम्बन्धविच्छेद गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया