काठमाडाैं : दशकाैंदेखि अात्मनिर्भर अर्थतन्त्र विकास गर्ने र अान्तरिक उत्पादनलार्इ बढावा दिर्इ व्यापार घाटा कम गर्ने नारा लगार्इरहने कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारकै पालामा मुलुकको शोधान्तर घाटा झन् चुलिएको छ ।
मुलुक भित्रने भन्दा मुलुकबाट बाहिरने रकम बढी हुनु नै शोधनान्तर घाटा हो । चालु अार्थिक बर्ष शुरू भएयताको २ महिनामै शोधनान्तर घाटा २५ अर्ब ४५ करोड रूपैयाँ पुगेको छ । जबकी, अघिल्लो बर्षको भदाै मसान्तमा यस्तो घाटा ५ अर्ब ८७ करोड रूपैयाँमा सिमित थियो ।
गत फागुन ३ गते (ने.क.पा.) का अध्यक्ष केपी शर्मा अोली प्रधानमन्त्रीमा नियुक्त भएयता बढीरहेको वस्तु अायातलार्इ सरकारले रोक्न सकेको छैन । नेपाली व्यापारीसँगको साँठगाँठमा चिनी लगायतका बस्तु अायातमा कोटा लगाएपनि त्यसले सरकारलार्इ थप रक्षात्मक बनार्इदिएको छ । व्यापारीले चिनीमा मनमाैजी कालाबजारी चलाएका कारण सरकारमाथि व्यापक सार्वजनिक अालोचला बढिरहेको छ ।
शोधनान्तर घाटा उच्च दरले चुलिएसँगै चालु खातामा समेत घाटा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो अार्थिक बर्षको दुर्इ महिनामा ५ करोड ७३ लाख डलर शोधनान्तर घाटा रहेकोमा चालु अार्थिक बर्षको पहिलो दुर्इ महिनामा यसको अाकार २३ करोड ९ लाख अमेरिकी डलर पुगेको छ ।
बस्तु अायातमा उच्च बृद्धि हुँदा चालु खाता एवं शोधनान्तर स्थिती खस्कने गर्छ । नेपालमा भित्रनेभन्दा नेपालबाट बाहिरिने रकम बढी हुनु नै शोधनान्तर घाटा हो । हाल विदेशमा श्रम गरिरहेका नेपालीले पठाएको रेमिट्यान्सभन्दा विदेशबाट सामान अायात गर्दा बढी रकम बाहिरिएको छ ।
विभिन्न सेवा तथा वस्तु खरिद गर्दा मुलुकबाट बाहिरिने रकमको तुलनामा मुलकमा भित्रने रकम बढी हुँदा मात्र शोधनान्तर बचतमा हुन्छ । भुक्तानी सन्तुलन पनि भनिने शोधनान्तर बचत हुँदा मुलुकको अर्थतन्त्र सुरक्षित र बलियो अवस्थामा रहन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया