स्याङ्जामा बिहीवारदेखि विश्वकप प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

एजेन्सी । भोली ‘बिहीवार’देखि स्याङ्जामा पहिलो विश्वकप प्याराग्लाइडिङ च्याम्पियनसिप हुने भएको छ । 

नेपाल पाराग्लाईडिङ तथा ह्याण्डग्लाईडिङ संघ, नेपाल हवाई खेलकुद संघ, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक विश्वकप प्याराग्लाइङ च्याम्पियनसिप हुन लागेको हो । 

स्याङजाको स्वरेक महापुर मैदान र डौवाफाँटमा हुने प्रतियोगिता कार्तिक १८ गतेसम्म चल्नेछ ।  स्याङ्जालाई प्याराग्लाइडिङको प्रशिक्षण केन्द्रको रुपमा विकाश गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागेको हो । 

समुद्र सतह देखि १६ सय मिटरबाट जम्प गर्ने तथा ८ सय मिटरबाट ल्याण्ड खेलको निमय रहेको बताइएको छ । 

च्याम्पियनसीपमा पुरुष र महिलाको टिम तथा ब्यक्तिगत एक्युरेसी गरि ४ स्वर्ण पदका प्रतिस्पर्धा हुनेछन् ।

च्याम्पियनसिपमा नेपाल सहित क्यानडा, टर्की, कोरिया, फ्रान्स, जर्मनी, चिन, नेदरल्याण्ड, संयुक्त अरब इमिरेट्स ‘यूएई’, अमेरिका, सिंगापुर, इन्डोनेशिया, मलेसिया, भारत, पाकिस्तान, ईरान, मंगोलिया, हङ्गेरी, स्लोभानिया, थाइल्याण्ड, सिंगापुर र इजिप्टका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । 

च्याम्पियनसीपमा १ सय जना भन्दा बढी खेलाडीको सहभागिता रहने पनि बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?