कप्तान पारससहित चार जना आइसिसीको बरियतामा समावेश

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ‘आइसिसी’को टी–२० क्रिकेटको नयाँ बरियतामा नेपालका चार खेलाडी समावेश भएका छन् । 

आइसिसीले बुधवार राति सार्वजनिक गरेको नयाँ बरियतामा नेपालका दुई ब्याट्सम्यान र दुई बलर बरियतामा पर्न सफल भएका हुन् । 

नयाँ बरियता नेपालका ब्याट्सम्यान कप्तान पारस खड्का र शरद भेषवाकर तथा बलरहरू सोमपाल कामी र वसन्त रेग्मी पर्न सफल भएका हुन् । ब्याटिङतर्फ कप्तान पारस खड्का ९४ औँ र शरद १ सय औँ स्थानमा छन् । त्यस्तै बलिङतर्फ सोमपाल ९२ औँ र रेग्मी ७४ औँ स्थानमा छन् । 

आइसिसीले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीको प्रदर्शनका आधारमा बरियता निर्धारण गर्छ । एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएसँगै नेपाली खेलाडी पनि यसै वर्षदेखि बरियतामा समावेश हुँदै आएका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?