काठमाडौं । बंगलादेश जारी यू-१५ साफ पुरुष फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीवार भएको पहिलो सेमिफाइनल खेल बंगलादेशले भारतलाई टाइब्रेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै अन्तिम दुईको स्थान तय गरेको हो ।
खेलको २५ औँ मिनेटमा भारतका लागि शैलेश हर्षले गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाए । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म १-० गोल अन्तरले अगाडि रहेको भारतले दोस्रो हाफमा भने गोल गर्न सकेन ।
रोमाञ्चक बनेको खेलको सकिनै लाग्दा बंगलादेशले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । दुवै टिमबाट समान १-१ गोल भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो ।
बंगलादेशका गोलरक्षक मेहदी हसनले भारतको दुई प्रहार रोकेपछि बंगलादेश नाटकिय रुपमा फाइनलमा पुगेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया