नेपाल जनरलले हिरो एक्स प्लस २०० खरिद गर्ने ग्राहकलाई लोमाङथान घुमाउने

लोकपथ
42
Shares

काठमाडौं । नेपालको लागि हिरो मोटर साईकलको आधिकारिक विक्रेता नेपाल जनरल माकेटिङ्ग प्रा.लि. ले आन्तरिक पर्यटन प्रवद्र्घनको साथै हिरो एक्स प्लस २०० मोटर साईकल खरिद गरेका ग्राहकहरुलाई अति सुन्दर मनमोहक लोमाङ्गथान भ्रमण गराउने भएको छ ।

यहि कार्तिक १६ गतेबाट करिब ३० जनाभन्दा बढी एक्स प्लस २०० चढ्ने ग्राहकहरुलाई सहभागिता गराउँदै यात्रा सुरु गरिने भएको हो ।

यात्रा काठमाण्डौ–पोखरा–लेटे–जोमसोम–मुक्तिनाथ–लोमाङ्गथान हुँदै करिब ९०० किलोमिटरको हुने कम्पनीले जनाएको छ । नेपाल जनरल मार्केटिङ्गका अध्यक्ष अभिक ज्योतिले टेकुस्थित बुधबारीमा रहेको हिरोको शोरुमा कार्तिक १६ गते फल्याग अफ गरेर यात्राको शुभारम्भ गरेका छन् ।

सो अवसरमा उनले यात्रामा सरिक हुने सबैलाई अनुशासित तवरले सतकर्ताका साथ बाईक चलाउन अनुरोध गर्दै जोखिममुक्त तवरले यात्राको सफलताको लागि सबैलाई शुभकामनासमेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?