भुटान । ‘ए’ डिभिजन क्लब मनाङ मस्याङ्दी क्लब भुटानमा जारी गभनर्स गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बिहीवार भएको सेमिफाइनल खेलमा मनाङ मस्याङ्दी क्लबले एटीके रिजर्भसलाई ६–२ को भारी गोल अन्तरले पराजित गर्दै अन्तिम दुईको स्थान तय गरेको हो । मनाङका लागि खेलको आठौँ मिनेटमा अञ्जन विष्टले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
४३ औँ मिनेटमा डोना थापाले गोल गर्दै खेललाई २-० को स्थितीमा ल्याए । पहिलो हाफ सकिनै लाग्दा एटीकेले गोल गर्दै खेललाई २-१ को स्थितीमा पु-याए ।
५३ औँ मिनेटमा डोनाले व्यक्तिगत दोस्रो तथा क्लबका लागि तेस्रो गोल गरे । ७६ औँ मिनेटमा बिमल रानाले गोल गरे । खेलको ८३ औँ मिनेटमा डोनाले ह्याट्रिक पुरा गरे ।
८५ औँ मिनेटमा सुजल श्रेष्ठले गोल गरे । एक पक्षिय रहेको खेलको ८९ औँ मिनेटमा एटिकेले गोल ग-यो । त्यसपछि खेलमा थप गोल भएन र खेल मनाङले ६-२ गोल अन्तरले जित्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया