‘पीपीएल’ क्रिकेट : पोखरा पल्टनद्वारा धनगढी ब्लुजलाई १ सय ४५ रनको चुनौती

पोखरा । जारी पोखरा प्रिमियर लिग ‘पीपीएल’ टी–२० क्रिकेटमा पोखरा पल्टनले धनगढी ब्लुजलाई १ सय ४५ रनको चुनौती प्रस्तुत गरेको छ । 

पोखरा रंगशालामा शुक्रवार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४४ रनको योगफल तयार पारेको थियो ।

पोखराका लागि रोहित कुमार पौडेलले ३१ रन, रबि इन्दर सिंहले २८ रन तथा आसिफ शेखले २३ रनको योगदान दिए ।

त्यस्तै कप्तान शरद भेषवाकर मात्र १४ रन बनाएर पेभेलियनमा फर्किए ।  मोहमद नाभिदले ११ रन, राशिद खानले अविजित १५ रनतथा बिक्रम भुसालले नटआउट ११ रन जोडे । धनगढीका लागि  कमल सिंह ऐरीले १ मेडन राख्दै २३ रन खर्चेर ४ विकेट लिन सफल भए ।

धनगढीलाई प्ले अफमा पुग्नका लागि पोखरालाई हराउनै पर्ने दवाव रहेको छ । 

४ खेलबाट ४ अंक जोडेको धनगढी पाँचौ स्थानमा छ । ३ खेलबाट ४ अंक जोडेको पोखरा दोस्रो स्थानमा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?