अत्याधिक मदिरा सेवन गरेका जापानी पाइलट विमानस्थलबाटै पक्राउ

बेलायत । अत्याधिक मदिरा सेवन गरि विमान उडाउन विमानस्थल पुगेका एकजना जापानी पाइलट पक्राउ परेका छन् । 

जापान एयरलाइन्सका ४२ वर्षीय विमान चालक कात्सुत्वोसी जित्सुकावालाई बेलायत हिथ्रो विमानस्थलबाट पक्राउ परेका हुन् । उनलको २८ अक्टोबर मापसे जाँच गर्दा फेला परेका थिए । 

उनले यसअघि पनि नौ चोटीभन्दा बढी तोकिएक मापदण्ड माथि मादक पदार्थ सेवन गरेर विमान उडाएको स्वीकार गरेका छन् ।

उनको रगतमा १०० एमएल रगतमा मदिराको मात्रा १८९ एमजी रहेको पाइएको थियो । बेलायतमा पाइलटलाई २० एमजीसम्म छुट हुन्छ ।

जापानी समाचार संस्था एनएचकेका अनुसार चालकदलका सदस्यहरुलाई विमानसम्म पुर्याउने बसका ड्राइभरले पाइलटले मदिरा पिएका थाहा पाएपछि प्रहरीलाई खबर गरेको उल्लेख गरेका छ ।

जित्कुकावा जापान एयरलाइन्सको टोकियो उडान भर्न लागेको विमानका को–पाइलट थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?