विश्वभरका पर्यटकहरुलाई नेपाल भित्र्याउने गरी विकास गर्न प्रतिवद्ध छौं : मन्त्री श्रेष्ठ

लोकपथ
7
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले विश्वभरका पर्यटकहरुलाई नेपाल भित्र्याउने गरी पर्यटन क्षेत्रको विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । विश्वभरका पर्यटकहरुलाई नेपाल भित्र्याउनका लागि ‘पर्यटक भ्रमण दशक’ कार्यक्रमलाई अभियानको रुपमा अघि बढाउने उहाँको भनाई थियो ।

थाहा नगरपालिकाले शुक्रवारबाट काठमाडौंको बसन्तपुर डबलीमा आयोजना गरेको ‘थाहा पर्यटकीय फोटो प्रर्दशनी’को उद्घाटन गर्दै मन्त्री श्रेष्ठले कल्चर, नेचर र यहाँ रहेका वैभवहरुका लागि पूर्वाधार विकास गरी नेपालमा बाह्रै महिना पर्यटकहरु आकर्षित हुने गरी आफूले योजना तयार पारेको दाबीसमेत गरे । पर्यटन क्षेत्रको समावेशी विकासका लागि आफूले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना तयार परेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले त्यसको कार्यान्वयनमा जोड दिनेसमेत बताए ।

मन्त्री श्रेष्ठले थाहा नगरपालिकाले आयोजना गरेको फोटो प्रर्दशनीले पनि नेपाललाई पर्यटन क्षेत्रको गन्तव्यको रुपमा विकास गराउन सहयोग पुर्‍याउने विश्वाससमेत व्यक्त गरे । ३ दिनसम्म चल्ने प्रर्दशनीमा थाहा नगरपालिकाको सांस्कृतिक, प्राकृतिक तथा धार्मिक महत्वका सम्पदाहरुको चित्रण गर्ने प्रयास गरिएको थाहा नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?