लक्ष्मी बैंकको ‘लक्ष्मी बैंक ओपन गल्फ टुर्नामेन्ट–२०२२’ भोलि शनिवार गोकर्ण गल्फ क्लबमा हुने भएको छ। सन् २०१४ मा सुरू भएको वार्षिक प्रतियोगिताको यो ७ औं संस्करण हो।
स्टेबलफोर्ड फर्म्याटमा खेलाइने यो प्रतियोगितामा ६० वर्ष र माथिका र १७ वर्षभन्दा कम उमेरकासहित सयभन्दा बढी गल्फरहरू विभिन्न विधामा ट्रफीका लागि भिड्ने बैंकले जनाएको छ।
प्रतियोगितामा मुख्य विजेता, रनर–अप, वेस्ट ग्रस ,महिला विजेता, सिनियर विजेता, सिनियर रनर–अप, अतिथि श्रेणीमा विजेता, कनिष्ठ श्रेणीमा विजेता, लङ्गेस्ट ड्राइभ, क्लोजेष्ट टु द पिन र मष्ट बर्डिजका लागि पुरस्कार राखिएको छ । एकैपटक दशौं होलमा बल छिराउनेलाई ह्युन्दाई कोना (कार) र यसबाहेक पाँचौं, आठौं, १३औं र १६औं होलमा एकैपटक बल छिराउनेलाई हिरो लेक्ट्रो एफ६आई इलेक्ट्रिक साइकल पुरस्कार दिइने बैंकले जनाएको छ ।
सन् २००२ मा नेपालको १६ औं वाणिज्य बैंकका रूपमा स्थापित लक्ष्मी बैंकले देशभर १४३ शाखा, १३ एक्सटेन्सन काउन्टर, ५ हस्पिटल सेवा काउन्टर, ५० जिल्लामा १७६ एटिएम र ६३ शाखारहित बैंकिङ एजेन्टमार्फत् सेवा दिइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया