काठमाडौँ, २ कात्तिक- नागढुंगा-सीतापाइला सुरुङ निर्माण गर्न विस्तृत परियोजना (डीपीआर) तयार भइरहेको सडक विभागले जनाएको छ ।राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुंगा सीतापाइला सुरुङ मार्ग बनाउन डीपीआरको काम तीव्र रुपमा भइरहेको विभागको वैदेशिक महाशाखाले जानकारी दिएको छ ।यस आर्थिक बर्षभित्र नै डीपीआर तयार पार्ने विभागका एक उच्च अधिकारीले जानकारी दिए ।२ दशमलव ५ किलोमिटर लम्बाइ रहने सुरुङ मार्ग जापानी सहयोग नियोग (जाइका) को ऋण सहयोगमा निर्माण हुन लागेको हो ।सुरुङमार्ग काठमाडौंको सीतापाइलादेखि धादिङको नौबिसेसम्म निर्माण हुनेआजको नेपाल समाचारपत्रमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया