इण्डोनेसियाको लायन एयरको दुर्घटनाग्रस्त विमानको मध्य भाग भेटियो

काठमाडौं । इण्डोनेसियाको लायन एयरको दुर्घटनाग्रस्त विमानको मध्य भाग भेटिएको छ । 

इन्डोनेसियाको लायन एयरको बोइङ ७३७ यात्रुबाहक विमान गत सोमबार बिहान उडेलगत्तै दुर्घटनाग्रस्त भएको थियो । उक्त विमानमा चालक दलका सदस्यसहित १८८ जना सवार थिए ।

दुर्घटनाग्रस्त विमानको खोजीमा संलग्न गोताखोरको समूहले उक्त विमानको मध्य भाग अर्थात यात्रु तथा विमान चालक दलका सदस्यहरू रहने भाग पानीभित्र भेटेको बताएका छन् ।

उद्धार तथा खोजी समूहका प्रमुख मुहम्मद स्वायुगीका अनुसार विमान दुर्घटनाको छैठौँ दिनमा विमागको मध्य भाग भेटिएको छ । तर, उक्त भाग पानीको सतहदेखि ३० मिटरको गहिराइमा रहेको हुँदा बाहिर ल्याउन कठिन रहेको छ । 

पानीको कडा बहावका कारण पानीबाहिर ल्याउन नसकिएको उनको भनाइ छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?