शाहरुख को ‘जिरो ट्रेलर सोसल मिडियामा भाइरल

मुम्बई – बलिउडका बादशाह मानिने शाहरुख खानको प्रतीक्षित फिल्म ‘जिरो’ को शुक्रवार ट्रेलर रिलिज भयो । ट्रेलर रिलिज भएको केही समय नबित्दै ट्रेलरले इन्टरनेटमा सनसनी मच्चायो । फिल्मको ट्रेलरले २४ घण्टा नहुँदै २ करोडभन्दा बढी दर्शक कमाइसकेको छ ।

फिल्ममा शाहरुख खानले एक होचा कदका युवाको भूमिका निभाएका छन् । ट्रेलर रिलिजसँगै फिल्मको चर्चा परिचर्चा शुरु भइसकेको छ । त्यसो त टिजर र पोस्टरसँगै फिल्मले चर्चा कमाउन शुरु गरिसकेको थियो ।

शाहरुखको ५३ औं जन्मदिनको अवसर पारेर रिलिज गरिएको ट्रेलरमा देखाइएको छ । शाहरुखको जीवनमा एउटी यस्ती युवती आइदिन्छिन्, दुवैमा प्रेम र ग्ल्यामर दुवै देख्न सकिन्छ । ३ मिनेट १४ सेकेन्ड लामो ट्रेलरमा शाहरुख खानलाई नै देखाइएको छ । यस्तै फिल्ममा अनुष्का शर्मा र क्याटरिना कैफको पनि भूमिका रहेको छ । फिल्मको ट्रेलरमा अनुष्काको भूमिका पनि बिल्कुलै फरक छ ।

फिल्मको टिजरमा सलमान खानलाई पनि देखाइएको थियो । तर ट्रेलरमा भने उनी देखिएका छैनन् 

चलचित्र २१ डिसेम्बरमा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?