‘पीपीएल’ क्रिकेट : एलिमिनेटर ‘प्ले अफ’को खेलमा चितवन राइनोज र काठमाडौं रोयल्स भिड्दै

पोखरा । पोखरा प्रिमियर लिग ‘पीपीएल’ टी–२० क्रिकेट अन्तर्गत एलिमिनेटर ‘प्ले अफ’को खेलमा चितवन राइनोज र काठमाडौं रोयल्स भिड्दै छन् । 

पोखरा रंगशालामा ज्ञानेन्द्र मल्लको टिम काठमाडौंले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । पारस खड्काको चितवन राइनोज फिल्डिङ गर्दैछन् । निक्कै प्रतिस्पर्धात्मक र रोमाञ्चक बन्ने अनुमान गरिएको यो खेल दुवै टिमको लागि महत्वपूर्ण छ । 

चितवन राइनोज लिगको दोस्रो र काठमाडौं रोयल्स तेस्रो हुँदै ‘प्ले अफ’को लागि छनोट भएको थियो । लिगको पहिलो चरणको खेलमा चितवनले ५ खेलमध्ये ३ मा जीत र २ मा हार बेहोरेको थियो । चितवन र काठमाडौंले समान ६-६ अंक बनाउँदै अघिल्लो चरणमा पुगेको हो । 

आजको विजेताले यहि मंगलवार हुने फाइनलमा पोखरा पल्टनको सामना गर्नेछ । पोखरा ५ खेलमध्ये ३ मा जित र २ हार बेहोर्दै ६ अंक जोडेपनि शीर्ष स्थानमा रहदै फाइनलमा पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?