काठमाडौँ। कार उत्पादक कम्पनी ‘बिएमडब्लु’ले कारको सौखिन युवाहरुलाई लक्षित गर्दै ‘प्रिमियम सेग्मेन्ट’का मोटरसाइकलहरु नेपाली बजार उपलब्ध गराउने भएको छ ।
‘बिएमडब्लु’का दुई वटा ब्रान्डका बाइक आगामी डिसेम्बरमा नेपालमा भित्र्याउने तयारी भइरहेको बताइएको छ ।
अन्य बाइकको तुलनामा फरक र प्रतिस्पर्धा नै गर्न नसकिने बिशेषताले भएको यो बाइक चाँडै नै नेपाल ल्याउने तयारी भइरहेको छ । पञ्चकन्या ग्रुप अन्तर्गत र्टक मोटर टेडिङले यो बाइक नेपाल भित्र्याउन लागेको हो । उक्त ‘बिएमडब्लु’ ३१० आर बाईक एक सिलिन्डर इन्जिनमा उपलब्ध छ ।
बाइकको अधिकतम पावर ९ हजार ५ सय आरपिएममा ३४ हर्स पावर रहेको छ ।
बाइकलाई अधिकतम ९० माइल प्रतिघण्टाको गतिमा दौडाउन सकिन्छ । बाइकमा इएफआई प्रविधिबाट इन्जिनमा इन्धन आपुर्ती हुने भएकोले धेरै माइलेज दिन सहयोगी हुनेछ ।
कम्पनीले नेपाली बजारमा उचित मुल्य निर्धारण गरि मोटरसाइकल उपलब्ध गराउने जनाएको छ । ३१० आर दुई मोडलका बाइक ३ सय १३ सिसी क्षमताका बाइक हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया