लोकपथ टप फिप्टिन : देश विदेशमा आज के – के भयो ? (भिडियोसहित)

लोकपथ
14
Shares

१. आगामी प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको समन्वय बढाउन निर्वाचन आयोगले गर्‍यो संयुक्त निर्वाचन सञ्चालन केन्द्रको स्थापना, आयोग सुरक्षित मतदान र विश्वसिलो मतपरिणामको लक्ष्यका साथ तयारीमा जुटेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भनाइ ।

२. मंसिर ४ गतेको निर्वाचनले देशको भविष्य निर्धारण गर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ, देशको सार्वभौमसत्ता र स्वाधिनता रक्षाका लागि एमालेको बहुमतको सरकार अपरिहार्य भएको जिकिर ।

३. देश निर्वाचनमा होमिएपनि ताप्लेजुङको सदरमुकाम फुङलिङदेखि २–३ दिनमा पुगिने विकट हिमाली गाउँ घुन्सा, याङमा, ओलाङचुङगोला, ग्याब्लामा अझै पुगेनन् उम्मेदवार, भौगोलिक दृष्टिकोणले डोल्पा र हुम्लापछिको तेस्रो ठूलो जिल्ला भएकाले उम्मेदवारलाई हरेक बस्ती पुग्न कठिन भएको नेताहरुको तर्क ।

४. एकीकृत समाजवादी पार्टीद्वारा जुम्ला र कर्णाली प्रदेश कमिटीका ५ नेतालाई कारबाहीको घोषणा, विभिन्न जिम्मेवारीमा रहेका उनीहरुले पार्टी विरोधी शक्तिहरुसँग साँठगाँठ गर्दै पार्टीका विरुद्ध षड्यन्त्रमा संलग्न रहेको आरोप, साधारण सदस्य नरहने गरी पार्टीबाट निष्काशन गर्ने निर्णय ।

५. डा.तोसिमा कार्कीको उम्मेदवारी यथावत् राख्नू भन्ने अन्तरिम आदेशविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सोमबारको सुनुवाइ हेर्न नभ्याइने सूचीमा, अदालतले उम्मेदवारी खारेज गर्नुपर्ने कारणबारे आयोगसँग माग्यो लिखित जवाफ ।

६. संस्कृति र सभ्यताको संरक्षण गर्न जरुरी रहेको पर्यटनमन्त्री जीवनराम श्रेष्ठको भनाइ, पर्यटन क्षेत्रको प्रवर्धनका लागि नेचर, कल्चर र एड्भेन्चरलाई केन्द्रित गर्नुपर्नेमा जोड ।

७. विकासको काम गर्ने इच्छाशक्तिसहित आफू चुनावमा होमिएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाइ, देशलाई प्रतिगमनमा लैजाने षड्यन्त्र भएपछि पाँच दलीय गठबन्धन बनेको जिकिर ।

८. चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४ अर्ब ८६ करोडभन्दा बढीको तरकारी नेपाल भित्रियो, विभिन्न देशबाट २ अर्ब ६२ करोडको आलुमात्रै आयात ।

९.एक महिनाअघि मलामी गएका बेला माथिबाट खसेको पहिरोमा परि बेपत्ता भएका कर्णालीका १९ जना अझै परेनन् फेला, बाढी पहिरोले पाँच हजार आठ सय भन्दा बढी घरधुरी विस्थापित ।

१०. नेपालमा डेंगु संक्रमण बढ्दो, संक्रमितको संख्या ५० हजार नाघ्यो, हालसम्म ५५ जनाको मृत्यु ।

११. तीव्र उतारचढाबका बीच साताको दोस्रो कारोबार दिन सेयर बजारमा एकल अंकको गिरावट, नेप्से परिसूचक ६.४३ अंकले घट्दा कारोबार रकम भने २ अर्ब नाघ्यो ।

१२. उत्तर कोरियाद्वारा अमेरिका–दक्षिण कोरियाली सैन्य अभ्यासलाई ‘खुला उत्तेजक र खतरनाक युद्ध अभ्यास’ को संज्ञा, अमेरिका र दक्षिण कोरियालाई सैन्य कारबाही गर्ने प्योङयाङको चेतावनी ।

१३. फिफा विश्वकप २०२२ को तयारीका कारण कतारमा सरकारी कार्यालयहरु खुल्ने समयमा परिवर्तन, कात्तिक २७ देखि पुस ४ गतेसम्म दूतावास स्थानीय समयअनुसार विहान ७ बजेदेखि ११ बजेसम्म खुला रहने ।

१४. प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा मधेस प्रदेश र बाग्मती प्रदेशबीचको खेल बराबरीमा सकियो, एक सय ९१ रनको लक्ष्य पछ्याएको बाग्मती चार बल बाँकी छँदै एक सय ९० रनमा अलआउट ।

१५.र, अष्ट्रेलियामा जारी आईसीसी टी–२० विश्वकप अन्तर्गत आज सम्पन्न सुपर १२ को खेलमा भारतले जिम्वावेलाई ७१ रनले हरायो, महिनाभरमा कुल दुई सय पाँच रन जोडेका भारतीय टोलीका विराट कोहली बने आइसीसी प्लेअर अफ द मन्थ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?