एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत लिगको शिर्ष स्थानमा रहेको बार्सिलोनाले जीत हात पारेको छ ।
शनिवार राति सम्पन्न भएको खेलमा बार्सिलोनाले रायो भाल्लेकानोलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । खेल शुरु भएको १० मिनेट पनि बित्न नपाउँदै लुइस स्वारेजले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
त्यस्तै, ३५ औँ मिनेटमा भाल्लेकानोका लागि पोजोले गोल गर्दै खेललाई १-१ गोलको बराबरी ल्याए ।
प्रतिस्पर्धात्मक खेलको ७५ औँ मिनेटमा ग्रासियाले गोल गर्दै भाल्लेकानोले २-१ को अग्रता दिलाए । त्यस्तै ८७ औँ मिनेटमा बार्सिलोनाका लागि डेम्बेलेले गोल गर्दै खेललाई २-२ गोलको बराबरी ल्याए।
खेल सकिनै लाग्दा स्वारेजले व्यक्तिगत दोस्रो तथा क्लबका लागि तेस्रो गोल गरे । जितपछि बार्सिलोनाले ११ खेलबाट १४ अंक बनाएको छ । बार्सिलोना भन्दा ४ अंकले पछाडि रहेको एथ्लेटिको म्याड्रिड दोस्रो स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया