अबको लक्ष्य भनेको ‘पीपीएल’ क्रिकेटको उपाधि जित्नु हो : कप्तान पारस

काठमाडौं । नेपाली राष्ट्रिय टिम तथा चितवन राइनोजका कप्तान पारस खड्काले टिमको लक्ष्य उपाधि जित्ने रहेको बताएका छन् । 

जारी पोखरा प्रिमियर लिग ‘पीपीएल’ टि-२० क्रिकेट अन्तर्गत आइतवार भएको एलिमिनेटर ‘प्ले अफ’को खेलमा काठमाडौं रोयल्सलाई हराएपछि बोल्दै कप्तान खड्काले सो कुरा बताएका हुन् । 

उनले लोकपथसँग बोल्दै यहि मंगलवार हुने फाइनल खेलमा घरेलु टोली पोखरा पल्टनलाई हराउँदै उपाधिमाथि कब्जा जमाउने टिमको लक्ष्य रहेको जानकारी दिए । 

‘यो प्रतियोगिताको शुरुवाती खेल हाम्रो लागि त्यति शुखद रहेन्, हामीले शुरुवाती दुवै खेल गुमाएको थियो, त्यसैले बाँकी सबै खेल हाम्रो टिमको लागि फाइनल सरह नै थियो, अब हाम्रो रियल म्यान हुन्छ’ उनले भने । 

साथै उनले जीतको लयलाई निरन्तरता दिने पनि बताए । ‘अबको हाम्रो लक्ष्य भनेको पोखराविरुद्ध फाइन खेलमा राम्रो खेल्नु हो, मलाई विश्वास छ, फाइनलमा पनि हामी उत्कृष्ट खेल्ने प्रयासमा हुन्छौँ’, उनले थपे । 

त्यस्तै सन्नी पटेलले काठमाडौंविरुद्ध उत्कृष्ठ खेलेका कारण चितवनको जित सहज भएको पनि उनले जानकारी दिए । आइतवारको खेलमा ‘म्यान अफ दी म्याच’ समेत घोषित भएको पटलले एकै ओभरमा तीन विकेट लिएका थिए । 

एलिमिनेटर ‘प्ले अफ’को खेलमा चितवनले काठमाडौं रोयल्सलाई ६ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो । यता लिग चरणको शिर्ष स्थानमा रहँदै पोखरा फाइनलमा पुगेको थियो । अब उपाधिका लागि चितवन पोखरा पल्टनबीच प्रतिस्पर्धा हुनेछ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?