पोखरा । आगामी पुषको ४ गतेदेखि पोखरामा जुनियर ‘एटिएफ’ टेनिस च्याम्पियनसिप हुने भएको छ ।
एशियन टेनिस महासंघको कार्यक्रम अनुसार ‘एटिएफ’ जुनियर टेनिस च्याम्पियनसिप हुने भएको हो ।
प्रतियोगितामा अस्ट्रेलिया, इण्डोनेसिया, मलेसिया, हङकङ, पाकिस्तान, भारत र नेपालका १० देखिमाथि र १४ वर्षमुनिका १ सय ११ जना पुरुष तथा महिला खेलाडीको सहभागिता रहने आयोजक कास्की जिल्ला टेनिस संघले जनाएको छ ।
संघका महासचिव नवीन चालिसेका अनुसार प्रतियोगिताअन्तर्गत पहिलो सर्किटमा ३० पुरुष र २३ महिलासहित ५३ जना तथा दोस्रो सर्किटमा ३३ पुरुष र २५ महिलासहित ५८ खेलाडीले भाग लिने छन्।
होटल ट्रेकर्स इनले मुख्य प्रायोजन गरेको प्रतियोगिता अंग्रेजी नयाँ वर्षका समयमा हुने भएकाले यसले यहाँको पर्यटकीय विकासमा महत्वपूर्ण योगदान पु-याउने विश्वास लिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया