काठमाडौं । जुनियर खेलाडीमा रहेको प्रतिभालाई अझ स्तरवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’ अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान ‘सान’द्वारा सञ्चालित युथ एथलिट्स कोचिङ क्याम्प सोमबार सकिएको छ ।
क्याम्पमा वि.स. २०७२, २०७३ र २०७४ सालमा राखेपले आयोजना गरेको केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको व्यक्तिगत स्पर्धामा पहिलो भएका ७२ खेलाडी सहभागी थिए ।
तेक्वान्दो, कराँते, उसु र एथलेटिक्सको आ–आफ्नो स्पर्धामा पहिलो भएका खेलाडीलाई सम्बन्धित खेलका प्रशिक्षकले १० दिनसम्म उपत्यकामा प्रशिक्षण दिएका थिए ।
कराँते खेलाडीलाई गंगाराम महर्जन र कुशल श्रेष्ठ, तेक्वान्दोलाई नवीनकुमार श्रेष्ठ र हीरा थापा, एथलेटिक्सलाई चन्द्र गुरुङ, धनिराम चौधरी, राकेश वज्राचार्य र पद्मा चौधरी तथा उसुलाई गोपाल श्रेष्ठ र प्रकाश महर्जनले प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणमा सहभागी चारै खेलका एक–एक पुरुष÷महिला उत्कृष्ट खेलाडी छनोट गरी समापनकै अवसरमा नगदबाट पुरस्कृत गरिएको थियो । करातेको पुरुषमा अनिश लामा र महिलामा विमला नेपाली तथा उसुको पुरुषमा प्रवीण लामा र महिलामा अस्मिता श्रेष्ठ उत्कृष्ट चुनिए ।
त्यस्तै तेक्वान्दोको पुरुषमा शैलेश गिरी र महिलामा आयशा लामा तथा एथलेटिक्सको पुरुषमा विकास खाँड ठकुरी र महिलामा जयरानी थारु उत्कृष्ट घोषित भए । उत्कृष्ट सबैले जनही ३ हजार नगद पुरस्कार प्राप्त गरे ।
सहभागीलाई राखेपका कोषाध्यक्ष शैलेश कर्माचार्य, सानका निर्देशक नवीन उप्रेती, राष्ट्रिय टिम तयारीका निर्देशक अर्जुन विकलगायतले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया