काठमाडौं : पूर्वाधार विकास र राज्य सञ्चालनका लागि अार्थिक स्रोतको अभाव खेपिरहेको नेपालमा माथिल्लो तामाकोशीको प्राथमिक शेयर निष्काशन प्रकृया उदाहरणीय देखिएको छ ।
गत बिहिबारदेखि हिजो सोमबारसम्म खुलेको यो कम्पनीको अार्इपीअोमा नेपालीले ६ अर्ब २५ करोड ५३ लाख ९९ हजार रूपैयाँ रकमबराबरको अावेदन दिएका छन् । ५ दिनमै सवा ६ अर्ब रकम कम्पनीको खातामा जम्मा भएपछि पूर्वाधार विकासमा नागरिक साझेदारीसहितको अान्तरिक लगानी पर्याप्त हुने देखिएको छ ।
सरकारले विकास अायोजनाहरूलार्इ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तथा लागत र प्रतिफल मैत्री बनाउन सके देशभित्रबाटै जति पनि लगानी जुट्न सक्ने संकेत माथिल्लो तामाकोशीको अार्इपीअो निष्काशन प्रकृयाले पुष्टि गरेको छ ।
माथिल्लो तामाकोशीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार अार्इपीअोमा अावेदन दिने अन्तिम दिन अर्थात सोमबार साँझसम्ममा ३ लाख २५ हजा २२५ जनाले ६ करोड २५ लाख ५३ हजार ९९ कित्ताका लागि अावेदन दिएका छन् । तामाकोशीले प्रतिकित्ता १०० रूपैयाँका दरले खुलाएको १ करोड ५८ लाख ८५ हजार कित्ता आर्इपीओ निष्काशन गरेको छ ।
तामाकोशीको अाइपीअोमा हालसम्म माग गरिएभन्दा चार गुणा बढी आवेदन परेको छ । न्यूनतम ५० कित्ता अावेदन सिमा तोकिएपनि अार्इपीअोको कित्ता संख्याभन्दा गुणात्मक अावेदन परेपछि अब लगानीकर्ताले १० देखि ५० कित्ताका दरले मात्रै शेयर प्राप्त गर्न सक्नेछन् ।
यसअघि तामाकोशीले साउन १६ देखि भदौ २१ गतेसम्म दोलखाका आयोजना प्रभावित स्थानीयका लागि १ करोड ५ लाख ९० हजार कित्ता आर्इपीओ निष्काशन र वितरण गरिसकेको छ । दोलखाको लामाबगरमा निर्माणाधीन यो आयोजनाको उत्पादन क्षमता ४५६ मेगावाट रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया