काठमाडाैं । बलिउडमा सर्वाधिक चर्चामा रहने विषय हो प्रेम सम्बन्ध र ब्रेकअप । आफ्नो अभिनयका अलावा बलिउड स्टारहरु अफेयर र ब्रेकअपका कारण पनि चर्चामा छन् ।
कतिपय स्टारहरु फिल्म गर्दागर्दै प्रेममा पर्छन् भने कोही पछि यो सम्बन्धमा हन्छन् । आज हामी तपाईलाई बलिउडका अभिनेत्रीहरुसँग अफेयर भएका निर्देशकहरुको बारेमा बताउन गइरहेका छौं ।
विक्रम भट्ट
विक्रम भट्ट र सुस्मिता सेनको प्रेम सम्बन्धको बारेमा धेरैलाई थाहा छ । तर, महेश भट्टको सुष्मितासँग एक्स्ट्रा म्यारिटल सम्बन्ध थियो । विक्रम एक छोरीका पिता हुँदा पनि दुवैले एक अर्कालाई प्रेम गरिरहेका थिए।
मनिष शर्मा
फिल्म निर्देशक मनीष शर्मा निकै चर्चामा भएपनि परिणिती चोपडासँग उनको नाम जोडिएपछि उनी अलि बढी चर्चामा आए । तर, पछि परिणीति चोपडाले मनिषसँगको अफेयरको खबरलाई सत्य नभएको बताएकी थिइन् ।
साजिद खान
साजिद खान बिग बोस १६ को कारण चर्चामा छन् । उनीमाथि मीटूको आरोप लागेको छ र धेरै पटक उनलाई बिग बोसबाट बाहिर निकाल्न माग गरिएको छ । साजिद खानको नाम ज्याकलिन फर्नान्डिजसँग जोडिएको थियो । दुबैको ब्रेकअपको खबरले सबैलाई चकित बनाएको थियो । मिडिया रिपोर्टका अनुसार साजिदले ज्याकलिनमाथि धेरै प्रतिबन्ध लगाएका थिए, जुन पछि उनीहरुको सम्बन्धविच्छेदको कारण बन्यो र सन् २०१३ मा उनीहरुको ब्रेकअप भयो ।
गुरु दत्त
निकै चर्चित निर्देशक हुन् गुरु दत्त । गीता दत्तसँग विवाह गरेपछि गुरु दत्तको मन अभिनेत्री वहिदा रहमानमा परेको थियो । विमल मित्रले आफ्नो पुस्तक ‘बिछडे सब बारी बारी’ मा वहिदाको बिदाइपछि अभिनेताले सहजै सुत्न नसक्ने कुरालाई उल्लेख गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया