मुख्यमन्त्री शाहीद्वारा शोक व्यक्त

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार डोल्पा दुर्घटनामा ज्यान गुमाएका नागरिकप्रति शोक व्यक्त गरेका छन्। 

मंगलवार शोक वक्तव्य जारी गर्दै मुख्यमन्त्री शाहीले तिहार पर्वको मुखमा भएको उक्त घटनाले आफूलाई निकै मर्माहत तुल्याएको बताए ।

उनले  मृतकप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेका छन्  । उनले जीप दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् । 

सडक दुर्घटनाबाट वर्षेनी मानवीय क्षति हुने गरेकोप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री शाहीले दुर्घटना न्यूनिकरणका लागि गम्भीरतापूर्वक काम गर्न गराउन सम्बन्धित निकाय तथा सरोकारवालालाई आग्रह गरेका छन्  ।

सोमबार डोल्पा सदरमुकाम दुनैदेखि त्रिपुराकोटतर्फ जाँदै गरेको भे१च १६१० नं को जीप ठूलीभेरी नदीमा खस्दा १० जनाको ज्यान गएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?