ला लिगा फुटबल : एथ्लेटिको बिल्बाओलाई हराउँदै स्पानियोल लिगको दोस्रो स्थानमा उक्लियो

एजेन्सी । स्पेनिस ला लिगा फुटबल प्रतियोगिता अन्तर्गत स्पानियोल लिगको दोस्रो स्थानमा उक्लिएको छ । 

सोमवार राति सम्पन्न भएको ११ औँ चरणको खेलमा स्पानियोलले एथ्लेटिको बिल्बाओलाई १-० गोल अन्तरले पराजित गर्दै लिगको दोस्रो स्थानमा उक्लिएको हो ।

स्पानियोलका लागि बोर्जा इग्लिसियाजले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । उनले खेलको ४१ औँ मिनेटमा गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

पहिलो हाफमा स्पोनियोलले बिल्बाओलाई दवावमा राखेपनि दोस्रो हाफमा भने निक्कै कडा टक्कर दिएका थिए ।

प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको निर्धारित समयसम्म एथ्लेटिको बिल्बाओले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेल १-० ले हा-र्यो ।

जितपछि स्पानियोलले २१ अंक बनाएको छ । २४ अंकका साथ बार्सिलोना लिगको शिर्ष स्थानमा छ । तेस्रो स्थानमा रहेको सेभिल्लाको २० अंक छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?