राजधानीमा १० बजेपछि देउसीभैलो खेल्न नपाइने

काठमाडौ । काठमाडौंमा देउसीभैलो खेल्नलाई जिल्ला प्रसाशनले समयावधि तोकेको छ ।

रातिको १० बजेभन्दा पछाडि देउसीभैलो खेल्न पाइने छैन । निर्धारित समय भन्दा धेरै बेरसम्म देउसीभैलो खेलेमा कानूनी कारवाही समेत गरिने जिल्ला प्रसाशन कार्यालय काठमाडौंले जनाएको छ । 

देउसीभैलो खेल्ने बहानामा विभिन्न उच्छृङ्खल क्रियाकलाप साथै अपराधिक गतिविधि हुने भएकाले कार्यालयले यस्तो निर्णय लिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँले पनि तिहारमा शान्तिसुरक्षा कायम गर्नलाई राति अवेरसम्म देउसीभैलो खेल्ने, हुलदङ्गा मच्चाउने, झैझगडा गर्ने जस्ता क्रियाकलाप नगर्न आग्रह गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?