पोखरा । घरेलु प्रतियोगिताको सबैभन्दा बढि धनराशी रहेको पोखरा प्रिमियर लिग ‘पीपीएल’ क्रिकेट प्रतियोगिता मंगलवार सम्पन्न भएको छ ।
नयाँ खेलाडीहरुलाई अवसर दिने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगिताको उपाधि घरेलु टिम पोखरा पल्टनले जित्न सफल भएको छ ।
मंगलवार भएको फाइनल खेलमा शदर भेषवारकको टिम पोखराले पारस खड्काको टिम चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै पहिलो पटक उपाधि आफ्नो पोल्टामा पारेको हो ।
चितवनविरुद्धको खेलमा पोखराका रबि इन्द्रर सिंह नायक बने । उनले ९० रनको शानदार प्रर्दशन गरे । उनले ५८ बलमा १३ चौका र ३ छक्काको मदतमा ९० रन जोड्न सफल भए । यता चितवनका कप्तान पारस खड्काले पनि यो प्रतियोगितामा पहिलो पटक अर्धशतकिय पारी खेल्न सफल भए ।
उनले ५० रन बनाएका थिए । उपाधिसँग पोखराले नगद २७ लाख रुपैयाँ जितेको छ । त्यस्तै उपविजेता बनेको काठमाडौंले पनि १० लाख रुपैयाँ जितेको छ । प्रतियोगितामा काठमाडौंका शन्नी पटेल ‘प्लेयर अफ दी सिरिज’ तथा पोखराका रबि इन्द्रर सिंह ‘प्लेयर अफ दी म्याच’ घोषित भए ।
तस्वीर : पोखरा पल्टन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया