योकुसिन कराँते टोली बुधवार बंगलादेश जाने

काठमाडौं । १७ औँ एशियाली खुल्ला कराँते च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार बंगलादेशको ढाका जाने भएका छन् ।

यहि नोभेम्बर ९ देखि ११ तारिखसम्म हुने प्रतियोगिताको पुरुषमा राकेश महर्जन र भीमबहादुर थापा तथा महिलामा आस्मी तामाङले खुला तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

अन्तर्राष्ट्रिय कराँते अर्गनाइजेसन (आईकेओ) क्योकुसिनकाइ, बंगलादेशको आयोजनामा हुने प्रतियोगितामा राजु तुलाधरले टिम व्यवस्थापक तथा चन्द्रश्याम डंगोल प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?