‘युइएफए’ च्याम्पियन्स लिग : एथ्लेटिको म्याड्रिड र साल्के विजयी

एजेन्सी । ‘युइएफए’ च्याम्पियन्स लिग फुटबल प्रतियोगिता अन्तर्गत एथ्लेटिको म्याड्रिड विजयी भएको छ । 

आफ्नो घरेलु मैदानमा मंगलवार राति सम्पन्न भएको समूह ‘ए’ अन्तर्गतको खोलमा स्पेनी क्लब एथ्लेटिको म्याड्रिडले जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई २-० गोल अन्तरले पराजित गरेको हो । 

खेलको शुरुवाती समयमा दवावमा रहेको एथ्लेटिको म्याड्रिडका लागि साउल निगुरेजले पहिलो गोल गर्दै क्लबलाई अग्रता दिलाए । खेलको पहिलो हाफसम्म १-० गोल अन्तरले अगाडि रहेको म्याड्रिडले दोस्रो हाफमा थप गोल गोल ग-र्यो ।

प्रतिस्पर्धात्मक बनेको खेलको ८० औँ मिनेटमा म्याड्रिडका लागि एन्टोइन ग्रिज्मनले गोल गर्दै खेललाई २-० को स्थितीमा पु-याए । निर्धारित समयसम्म बोरुसिया डर्टमुण्डले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा हार बेहो-र्यो । 

यसअघि भएको पहिलो भेटमा भने म्याड्रिड डर्टमुण्डसँग ४-० गोल अन्तरले पराजित भएको थियो । जितपछि ९ अंक बनाएको एथ्लेटिको म्याड्रिड लिगको शिर्ष स्थानमा उक्लिन भने सकेन । समान ९ अंक नै बनाएको बोरुसिया डर्टमुण्ड लिगको शिर्ष स्थानमा छ ।

त्यस्तै मंगलवार राति नै भएको अर्को खेलमा साल्केले गलातासारायलाई २-० गोल अन्तरले पराजित गर्यो । साल्केको जितमा खेलको चौथो मिनेटमा बुर्गस्टेलरले तथा ५७ औँ मिनेटमा उथले समान एक-एक गोल गरेका थिए । 

यता एफसि पोर्टोले लोकोमोटिभलाई ४-१ गोल अन्तरले हरायो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?