आठौँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्ने लक्ष्य छ : रोशनी

काठमाडौं । रोशनी राई, चम्किँदै गरेकी एक राष्ट्रिय खेलाडी हुन् । 

पहिले—पहिले बक्सिङ खेलमा महिलाको सहभागिता निक्कै कम हुन्थ्यो, कारण छोरी मान्छे भएर केही गर्न सक्दैनन् त्यसमा पनि अर्काको घरमा जाने जात भन्ने मानसिकताले जकडिएको थियो हाम्रो समाज ।

अहिले आम मानिसको सोचमा मात्र हैन खेलकुदमा पनि धेरै परिवर्तन आएको छ । नेपाली खेलकुद क्षेत्रमा कति महिला खेलाडीहरुले खेलिरहेका छन्, गन्न सकिने अवस्थामा छैन ।

नेपाली खेलकुदमा तेक्वान्दोकी सविताराज भण्डारी, संगिना वैद्य, जुडोकी देवु थापा, एथ्लेटिक्सकी कान्छीमाया कोजु, यी सबै महिला खेलाडीहरु हुन् । र, उनीहरुले नेपाली समाजमा छोरीले केही गर्न सक्दैनन् भन्ने गलत धारणालाई परिवर्तन गर्न मात्र हैन, देशको नाम अन्तर्राष्ट्रिय स्तरमै चम्काउन सफल भइसकेका छन् । 

यसो त, तेक्वान्दोकी सविताले जितेको रजत पदक नेपाली खेलकुदको इतिहासमा ‘एशियाड’ मा जितेको सबैभन्दा ठूलो पदक हो । 

यस्तैमा अर्का साहसिक महिला खेलाडी राई आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्दैछिन् । स्वर्ण पदक जित्ने लक्ष्यका साथ हाल तयारी गरिरहेकी उनले चालेन्जिङ मन पर्ने बताइन् । 
‘मलाई अरु खेल भन्दा बक्सिङ खेल निक्कै च्यालेन्जिङ गेम जस्तो लाग्छ, त्यसैले पनि यो खेल प्रति म आकर्षित भएकी हु, च्यालेन्ज इज पार्ट अफ माइ लाइफ’, उनले भनिन् । 

राईले यहि वर्ष झापामा सम्पन्न भएको २३ औँ पुरुष तथा ८ औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताकी कास्य पदक जितेकी थिइन् । 

‘यो पटक मेरो टार्गेट भने कै स्वर्ण पदक जित्नु हो, मैले आफुलाई पूर्ण रुपमा तयार पारिरहेकी छु, स्टामिना पावरलाई पनि बढाइरहेकी छु’ उनले थपिन् । 

हाल नक्साल बक्सिङ क्लबमा दिनको दुई पटक प्रशिक्षण गरिरहेकी छिन् । उनलाई प्रशिक्षक रमेशदाश श्रेष्ठले कार्डियो, स्पाइरिङ र पोर्टेरको ट्रेनिङ दिइराखेका छन् । 

काडमाठौंमा सम्पन्न नेपाल भारत स्पोर्टस फेस्टिवलमा उनले नेपालको लागि स्वर्ण पदक दिलाएकी थिइन् । त्यतिबेला उनले भारतको खेलाडीलाई पराजित गर्दै स्वण जितेकी थिइन् । उनले जितेको यो नै पहिलो अन्तर्राष्ट्रिय पदक हो । उनी विगत ३ वर्ष देखि निरन्तर बक्सिङ खेलिरहेकी छिन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?